नेपालले १९औँ एसियन खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेटमा भारतविरुद्धको क्वार्टरफाइनल खेलमा पहिलो विकेट हात पारेको छ । नेपालले ९.५ ओभरमा भारतका ओपनर ऋतुराज गायकवाडको विकेट लिएको हो ।
दीपेन्द्रसिंह ऐरीको ओभरमा कप्तान रोहित पौडेलले ऋतुराजको सहज क्याच लिँदै नेपाललाई पहिलो सफलता दिलाए । ऋतुराजले २३ बलमा चार चौकाको सहयोगमा २५ रन बनाए । भारतले १० ओभरमा एक विकेटको नोक्सानीमा एक सय चार रन बनाएको छ । भारत र नेपालीबीच पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० खेल भइरहेको छ । यशस्वीले ७३ रन जोडेका छन्