२४ बलमै जयसवालको अर्धशतक पूरा

मंगलबार, १६ असोज, २०८०
डिजिटल संस्करण

भारतका ओपनर यशस्वी जयसवालले नेपालविरुद्ध अर्धशतक पूरा गरेका छन् । उनले केवल २४ बलमै अर्धशतक पूरा गरेका छन । २५ बलमा खेलिरहेका उनले पाँच छक्का र तीन चौका प्रहार गरेका छन् ।

ऋतुराज गायकवाडले १७ बलमा दुई चौकाको सहयोगमा १४ रन बनाएका छन् । आइसिसी टी–२० विश्वकपको पूर्वविजेतासमेत रहेको भारतविरुद्ध नेपाली बलरले कमजोर प्रदर्शन गरेका छन् । 

भारतका ओपनरद्वय प्रत्येक नेपाली बलरविरुद्ध छक्का र चौका प्रहार गरिरहेका छन् । नेपालका सोमपाल कामीले दुई ओभरमा २२ रन दिएका छन् । दीपेन्द्रसिंह ऐरीले दुई ओभरमा १६ रन र अभिनाश बोहाेराले एक ओभरमा सात रन मात्र खर्चिए । 

नेपालका कप्तान रोहित पौडेलले सन्दीप लामिछानेलाई पनि पावर प्लेपछि नै बलिङ गराए । सन्दीपले पहिलो ओभरमा १३ रन दिए । आठ ओभरको समाप्तिसम्म भारतले ८४ रन जोडेको छ । 

सुझावित समाचार