लमजुङको बेँसीसहरमा आठ तोला सुन चोरी

शुक्रबार, १२ असोज, २०८०
डिजिटल संस्करण

लमजुङको बेँसीसहरमा दिनदहाडै आठ तोला सुन चोरी भएको छ । बेँसीसहर नगरपालिका– ७ मा रहेको जनविकास माविनजिकै सन्तबहादुर तामाङको घरबाट बिहीबार दिउँसो आठ तोला सुन चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार सन्तबहादुर र उनकी साली टीकामाया श्रेष्ठको गरी आठ तोलाभन्दा बढी सुन चोरी भएको प्रारम्भिक अनुमान छ । बिहीबार मध्याह्न साढे ११ देखि २ बजेसम्मको अवधिमा सुन चोरी भएको हुन सक्ने उनले बताए ।

लमजुङमा पछिल्लो समय शृंखलाबद्ध रूपमा सुन चोरीका घटना बढिरहेका छन् । चाडपर्व नजिकिएसँगै प्रहरीले चोरीका घटना बढ्न सक्ने भन्दै थप सचेत रहन जिल्लावासीलाई आग्रह गरेको छ । 

सुझावित समाचार