सिंहदरबारअगाडि प्रदर्शन गर्ने १७ जना नियन्त्रणमा

शुक्रबार, ५ असोज, २०८०
डिजिटल संस्करण

सिंहदरबारअगाडि प्रदर्शनमा उत्रिएका मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विद्यालय शिक्षा विधेयकको विरोधमा आज दिउँसो सिंहदबारअगाडि प्रदर्शनमा उत्रिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोद ढु‌ंगेलले जानकारी दिए। 

उनका अनुसार पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहितका १७ जना रहेका र उनीहरूलाई अहिले सिंहदरबार वृत्तमा लगिएको छ।

सुझावित समाचार