राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भेट गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा भएको सो भेटमा प्रधानमन्त्रीले अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएकाे राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
भेटका क्रममा समसामयिक विषयमा पनि छलफल भएको बताइएको छ। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री आज साँझ न्युयोर्क प्रस्थान गर्दै छन्।