मादक पदार्थ सेवन गरी छाेराले गरे बाबुको हत्या

शुक्रबार, २९ भदौ, २०८०
डिजिटल संस्करण

दाङमा मादक पदार्थ खाएका छोराले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका– ५ दलजितपुर निवासी २८ वर्षीय छोरा सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक मल्लका अनुसार छोराको  कुटपिटबाट गम्भीर घाइते भएका बाबुको उपचारका क्रममा मृत्यु भएको हो ।  बाबुको हत्या गर्ने छोरा केसीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ । 

See More On

सुझावित समाचार