नेम्वाङको निधनमा एमाले संसदीय दलद्वारा शोक प्रस्ताव पारित

बिहिबार, २८ भदौ, २०८०
डिजिटल संस्करण

एमाले संसदीय दलको आजको बैठकले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

पार्टी अध्यक्ष तथा दलका नेता केपी ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकको लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा नेम्वाङले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेकोे निष्कर्ष निकालेको छ। नेता नेम्वाङको यही २६ भदौमा हृदयाघातका कारण निधन भएको थियो। उनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो। 

सुझावित समाचार