नाडामा टाटाको टियागो इभी र पन्च सार्वजनिक

बिहिबार, २८ भदौ, २०८०
डिजिटल संस्करण

टाटा मोटर्सको नेपाली बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोमा दुईवटा मोडल सार्वजनिक गरेको छ । कम्पनीले टियागो इभी र टाटा पन्च सार्वजनिक गरेको हो ।  टियागो इभीमा कार्य कुशलता, प्रविधि, विश्वास , चार्जिङ र आरामदायी गरी पाँचवटा मुख्य विशेषता रहेको बताइएको छ । विभिन्न पाँच भेरियन्टमा उपलब्ध टियागोको मूल्य न्यूनतम २१ लाख ९९ हजारदेखि अधिकतम २७ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ ।

टाटा पन्च आकर्षक  डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरियर र पूर्ण सुरक्षासहित उपलब्ध रहेको कम्पनीले जनाएको छ । विभिन्न चार भेरियन्टमा उपलब्ध यस गाडीको मूल्य न्यूनतम ३३ लाख ९९ हजारदेखि अधिकतम ४३ लाख ४९ हजारसम्म रहेको छ । 

अर्को गाडी नेक्सन इभी एक्स जेट प्लसको ब्याट्री क्षमता ४०.५ किलोवाट र रेञ्ज चार सय ५३  किलोमिटर छ । पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोललगायतका विशेषताहरू रहेको नेक्सन इभीले उत्कृष्ट सुरक्षा प्रत्याभूति गराउने कम्पनीको दाबी छ । यसमा एन्टी–लक ब्रेकिङ सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सनजस्ता सुविधाहरू छन् । यसको सुरुवाती मूल्य ४५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सिप्रदी  ट्रेडिङका सिइओ राजनबाबु श्रेष्ठले टियागो इभी र पन्चले ग्राहकहरूको  ड्राइभिङ अनुभवलाई नयाँ ढंगले रूपान्तरण गर्ने बताए । 

See More On

सुझावित समाचार