नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न च्यासल पुगे प्रधानमन्त्री

मंगलबार, २६ भदौ, २०८०
डिजिटल संस्करण

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गएराति निधन भएको छ। श्रद्धाञ्जलीका लागि उनको पार्थिव शव च्यासलस्थित एमाले पार्टी कार्यालयमा राखिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेम्वाङलाई  श्रद्धाञ्जली व्यक्त गर्न च्यासल पुगेका छन्। प्रधानमन्त्रीसँगै नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गर्न च्यासल पुगेका छन्। 

यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेकी छिन्। यस्तै, पार्टी अध्यक्ष केपी ओलीले पार्टीको झन्डा ओढाएर उनीप्रति श्रद्धाञ्जली व्यक्त गरे। 

यस्तै, नेम्वाङलाई श्रद्धाञ्जली दिन कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष एवं अन्य दलका नेताहरू तथा कार्यकर्ताले पनि च्यासल पुगेर उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका 

सुझावित समाचार