नेम्वाङको निधनबाट मर्माहत भएको छु : प्रधानमन्त्री

मंगलबार, २६ भदौ, २०८०
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको बताएका छन् । महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री प्रचण्डले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरे । नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको हाे ।     

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शवलाई केहीबेरपछी पार्टी केन्द्रीय कार्यालय च्यासलस्थित ललितपुरमा लगिँदै छ ।  दिनभर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमै राखिनेछ। नेम्वाङका कान्छा छोरा अस्ट्रेलियाबाट नेपाल फर्किएपछि मात्र पारिवारिक सल्लाहअनुसार भोलिसम्ममा अन्त्येष्टि कार्यक्रम गरिनेछ ।

See More On

सुझावित समाचार