सुनसरीमा डुबेर दुईजनाको मृत्यु

सोमबार, २५ भदौ, २०८०
डिजिटल संस्करण

सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ। 

आइतबार राति ८ बजे रामधुनी नगरपालिका– २ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा अमर खेल्ने क्रममा घरनजिकै रहेको नहरमा डुबेर अचेत भएका थिए। उनको उपचारका लागि  जिल्ला अस्पताल इनरुवा लैजाना साथ डाक्टरले मृत घोषित गरेका थिए।

यसैगरी इटहरी उपमहानगरपालिका–४ मनकामना चोकमा रहेको ज्येष्ठ नागरिकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम– ७ का ५५ वर्षीय केशव नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

See More On

सुझावित समाचार