बाल विकास केन्द्र : शिक्षाका नाममा बालबालिकालाई सास्ती !

सोमबार, २५ भदौ, २०८०
डिजिटल संस्करण

हुम्लाको सर्केगाड गाउँपालिका– १ तुम्चको छत्रपाल बाल विकास केन्द्रमा २८ जना बालबालिका छन्। 

बाल विकास केन्द्रमा न त  कार्पेट बिछ्याइएको छ न त काठको फल्याग नै। चिसो भुइँमा राखेर बालबालिकालाई पढाउने नाममा सास्ती दिइएको छ।

बाल विकास केन्द्रको एउटा कोठा छ। भित्ताको एक छेउतिर क, ख र ए, बि, सी लेखिएका पम्प्लेट टाँसिएका छन्। 

बाल विकास केन्द्रकी शिक्षिका सहदेवी मल्ल शाही आफू कुर्सीमा बसेर बालबालिकालाई चिसो भुइँमा राखेर पढाउँछिन्। उनका अनुसार पहिला एउटा कार्पेट थियो। च्यातिएर फालियो। 

‘अहिले भुइँमै बसेर बच्चाबच्ची पढ्ने गरेका छन् । गाउँपालिकाले कुरा सुनुवाइ नै गरेको छैन,’ स्थलगत रिपोर्टिङका क्रममा  नयाँ पत्रिकासँग उनले बताइन्। 

यसबारे गाउँपालिकालाई पटक–पटक खबर गर्दा पनि वास्ता नगरेको शाही बताउँछिन्। ‘वेलावेला मेरो श्रीमान्  पालिका पुगेर हारगुहार गरे पनि अहिलेसम्म कसैले वास्ता गरेनन्,’ उनले भनिन्। 

केन्द्रले दिवाखाजासमेत नदिने गरेको बालबालिका बताउँछन्। 

सुझावित समाचार