कालीकोटकाे नरहरिनाथ गाउँपालिका– ७ माल्कोट उच्छवका ६५ वर्षका रतने बोहोरा (महान) हराएको ११ दिनसम्म पनि फेला परेका छैनन्।
व्यापारको सिलसिलामा नरहरिनाथ गाउँपालिका– ८ को खुलालु बजारमा बस्दै आएका ६५ वर्षीया बोहोरा १५ भदौ साँझबाट सम्पर्कविहीन भएका थिए।
११ दिनसम्म पनि सम्पर्कमा नआएको बोहोराका ज्वाइँ मनीष देउवाले जानकारी दिए। ‘हामीले धेरै ठाउँमा खोजी गर्याैँ। आजसम्म ससुरा फेला पार्न सकिएको छैन,’ उनले भने, ‘हामीले आफन्तकोमा हुनुहोला भनेर प्रहरीमा पनि खबर गरेनौँ।’
देउवाले सबै ठाउँमा खोजी गर्दा पनि नभेटिएका कारणले कसैले देखेमा खबर गर्न पनि आग्रह गरेका छन्।