राठी एडहेसिभ र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (आइडिया नेपाल)बीच सहकार्य गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार राठी एडहेसिभले इन्टेरियर डिजाइनरलाई सुलभ मूल्यमा अन्तर्राष्ट्रिय गुणस्तरका उत्पादन देशैभरि आफ्ना विक्रेतामार्फत उपलब्ध गराउनेछ। साथै, ती उत्पादनमा कम्पनीले गुणस्तरको ग्यारेन्टीसमेत दिएको छ।
दुवै संस्थाको उद्देश्य मेल खाएका कारण सहकार्य भएको राठी एडहेसिभका कार्यकारी प्रमुख योगेश राठीले बताए। उनले भने, ‘दुवै संस्थाको उद्देश्य नेपाली उत्पादनलाई प्रोत्सान गर्दै बजारमा स्थापित गरी देशको अर्थतन्त्रमा टेवा पुर्याउनु हो। यसकारण दुवैको उद्देश्य मेल खाएको हुनाले दुवै संस्थाबीच सहकार्य भएको हो।’
राठी एडहेसिभले ३५ वर्षदेखि अन्तर्राष्ट्रिय गुणस्तरका विभिन्न एडहेसिभ उत्पादन गर्दै आइरहेको छ भने आइडिया नेपालले इन्टेरियर डिजाइनरहरूको अधिकार र पहिचानको क्षेत्रमा काम गर्दै आइरहको छ। नेपालमै बनेका इन्टेरियरका सामग्रीलाई प्रोत्साहन गरी नेपाली उत्पादनलाई बढावा दिने कार्य कम्पनीले गर्ने राठीले बताए।
आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठले राठी कोलका उत्पादन कम्पनीले भनेअनुसार उच्च गुणस्तरको रहेको बताए। त्यस्ता उत्पादनले नेपाली उत्पादन प्रयोग गरी बनेका इन्टेरियरका सामग्री बलियो भएको उनले बताए।