बलात्कार आरोपमा युवक पक्राउ

आइतबार, २४ भदौ, २०८०
डिजिटल संस्करण

बर्दियामा बलात्कार आरोपमा प्रहरीले बाँसगढी नगरपालिका– ९ बस्ने ३९ वर्षीय शेरबहादुर खड्कालाई पक्राउ गरेको छ। खड्कालाई ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। 

पीडित महिलालाई आरोपितले बारबर्दिया– ४ सिटी बरेलीमा गत  २०  भदौ राति २ बजे बलात्कार गरेको भन्दै पीडित पक्षले उजुरी दिएपछि खड्कालाई पक्राउ गरिएको डिएसपी हिक्मतबहादुर बोहराले जानकारी  दिए। डिएसपी बोहराका अनुसार खड्कामाथि अनुसन्धान अघि बढाइएको छ। 

See More On

सुझावित समाचार