लिटमस केबल्सले जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको इकोवायर–जेडएच सार्वजनिक गरेको छ । ह्यालोजनमुक्त इकोवायर–जेडएच अझ बढी र उच्च कोटीको सुरक्षाको अनुमति दिनेमा कम्पनी विश्वस्त छ । कार्यक्रममा उद्योगका प्रमुख व्यक्तित्वहरू, मेकानिकल र इलेक्ट्रिकल तथा प्लम्बिङमा आबद्ध टेक्निसियन, परामर्शदाता, ग्राहकवर्ग तथा मिडियाका प्रतिनिधि उपस्थित थिए । लिटमस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले भने, ‘इकोवायर–जेडएच नेपालमै पहिलो ह्यालोजनमुक्त एक मात्र तार हो । ग्राहकवर्गको माग, सुरक्षालाई आत्मसात् गरी नयाँ–नयाँ प्रविधि तथा नवीनतम उत्पादन बजारमा ल्याउनेछौँ ।’
लिटमस इन्डस्ट्रिज लिमिटेडका उपाध्यक्ष सरोज मिश्रले यसको अतुलनीय सुरक्षा प्रविधिका कारण ग्राहकले विश्वास गर्ने बताए । कम धुवाँ र उत्सर्जनमुक्त विशेषताले यो सबै प्रयोगकर्ताका लागि उपयुक्त विकल्प बनेको उनको भनाइ छ । उनले भने, ‘यसको खिया नलाग्ने गुण र आगो प्रतिरोधले समग्र सुरक्षा रूपरेखा बढाउँछ । विशेष रूपमा उत्पादनको पर्यावरणमैत्री डिजाइनले यसको दिगोपन र जिम्मेवारीलाई रेखांकित गर्छ, यो वातावरणीय रूपमा सचेत उपभोक्ताको रोजाइ बन्न सक्छ ।’
आगलागी हुँदा इकोवायर–जेडएचले न्यूनतम धुवाँ उत्पादन गर्छ, जसले सुरक्षित निकासी र उद्धार टोलीहरूद्वारा तीव्र उद्धार गर्नमा मद्दत गर्नेछ । यसको आगो प्रतिरोधले आगोको फैलावटलाई रोक्छ, नियन्त्रण र सुरक्षा बढाउँछ साथै यो तार जनमैत्री, पर्यावरणमैत्री र ओजोनमैत्री पनि छ । परम्परागत तारभन्दा इकोवायर–जेडएच ९० र १८० मि बक्स प्याकहरूमा उपलब्ध छ ।