महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सरकार मानव बेचबिखन नियन्त्रणमा पूर्ण सक्रिय रहेको बताएका छन्।
बुधबार मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री आचार्यले मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवालाहरूसँग हातेमालो गरेर काम गर्न सरकार प्रतिबद्ध रहेको बताए।
‘सबैको सामूहिक प्रयासबाट मात्रै मानव बेचबिखनको समस्या समाधान हुने हुँदा हामी सबैमा यस दिवसले मानव बेचबिखनको नियन्त्रण र रोकथामका लागि प्रतिबद्ध हुँदै थप ऊर्जाशील भई कार्य गर्ने प्रेरणा प्रदान गरोस् र नेपाल मानव बेचबिखन नियन्त्रणको उदाहरणीय मुलुक बन्न सकोस्,’ उनले भने।
भारतसँगको खुला सिमाना, गरिबी, नागरिकको न्यून सचेतना स्तर र मानव बेचबिखनको बदलिँदो प्रवृत्तिका कारण समस्याहरूको समाधान अपेक्षित रूपमा हुन नसकेको मन्त्री आचार्यको भनाइ छ।