२३ रन बनाएर गुल्सन पनि आउट

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण

एसिसी एसिया कपअन्तर्गत भारतविरुद्ध नेपालका गुल्सन झा ३५ बलमा २३ रन बनाएर आउट भएका छन्। वर्षा भएपछि सुरु भएको खेलमा नेपाल ३१.५ ओभरमा १४४–६ को अवस्थामा छ। 

श्रीलंकाका पालेकेले रंगशालामा नेपालका ओपनर आसिफ सेख अर्धशतक बनाएर आउट भएका छन्। आसिफ ९७ बलमा ५८ जोडेर पेभिलियन फर्किएका हुन्। 

यसअघि आसिफले ८८ बलमा सात चौकासहित ५० रन बनाएका थिए। आरिफको खेल करियरकै दशौँ अर्धशतक हो। यसअघि नेपालका लागि आसिफले व्यक्तिगत एक शतकसहित नवौँ अर्धशतक बनाएका छन्।  

आसिफले ४३ खेलमा ४३ इनिङ्समै ब्याटिङ गरेका छन्। सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध उनले एकदिवसीय खेलमा डेब्यु गरेका थिए। आसिफले एसिया कपअन्तर्गत उद्घाटन खेलमा पाकिस्तानविरुद्ध पाँच रन बनाएका थिए। 

एकदिवसीय खेलमा उनले अहिलेसम्म एक हजार दुई ४२ रन बनाएका छन्। उनको व्यक्तिगत उच्च रन ११० हो। 

यसअघि नेपालको लागि ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भएका थिए। पहिलो विकेटको लागि कुशल र आरिफबीच ५९ बलमा ६५ रनको साझेदारी भएको थियो। 

भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल २ रन बनाएर पेभिलियन फर्किएका हुन्। भारतका रवीन्द्र जडेजाले तीन विकेट लिएका छन्।
 

सुझावित समाचार