सुनको मूल्य तोलाकै एक लाख १३ हजार

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख १३ हजार तोकिएको छ। अघिल्लो दिन प्रतितोला रु. एक लाख १२ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु. चार सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख १२ हजार चार सय ५० तोकिएको छ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले बढेर रु. एक हजार चार सय ६५ तोकिएको महासंघले जनाएको छ।
 

सुझावित समाचार