समाजवादीले बोलायो बैठक

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण

सत्तारुढ एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । नेताहरूको कार्यविभाजन, संगठनात्मक अभियानलगायतका विषयमा छलफल गर्न सोमबार दिउँसो १ बजे पार्टी कार्यालय आलोकनगरमा बैठक बोलाइएको छ । गत केन्द्रीय कमिटीको छैठौँ बैठकले कार्यविभाजनको जिम्मा सचिवालयलाई दिएको थियो ।

संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी तोक्ने तयारी एकीकृत समाजवादीको छ । केन्द्रीय सदस्यको कार्यक्षेत्र हेरफेरको निर्णयसमेत सचिवालयले गर्नेछ ।

केन्द्रीय सदस्य मनोनयनको कार्यसूचीसमेत रहेको छ । बैठकले आगामी असोजमा एक महिनासम्म सञ्चालन गर्ने राष्ट्रिय अभियानको योजना बनाउने भएको छ । महाधिवेशनको तयारीको विषयमा पनि बैठकमा छलफल हुने एकीकृत समाजवादीले जनाएको छ ।

सुझावित समाचार