बाजुरामा चट्याङ लागेर बालिकाको मृत्यु

आइतबार, १७ भदौ, २०८०
डिजिटल संस्करण

शनिबार राति बाजुरा जिल्ला बडिमालिका नगरपालिका– ६ कार्धमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ। चट्याङ लाग्दा तीन पशुचौपाया मरेका छन्। 

मृत्यु हुनेमा बडिमालिका नगरपालिका– ६ कोर्धका स्थानीय तुला रावलकी ११ वर्षीया छोरी परू रावल रहेको वडा नम्बर ६ का कार्यवाहक अध्यक्ष परे बडुवालले जानकारी दिए। 

उनका अनुसार शनिबार राति साढे १२ बजेको समयमा चट्याङ लागेर बालिकाको मृत्यु भएको थियो। बालिकासँगै ती पशुचौपायासमेत मरेका छन्। मृतक बुबासहित तीनजना  मागथला नाम गरेको लेखमा खरक हालेर बस्दै आएका थिए।

घरबाट लेखमा करिब १ घन्टाको बाटो हिँडेर पुगिन्छ। चट्याङका कारण बालिकासँगै अन्य दुईजना बेहोस अवस्थामा आफन्तले फेला पारेका थिए। अहिले दुईजनाको होस खुलेको कार्यवाहक अध्यक्ष बडुवालले बताए। प्रहरीको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी कवीन्द्र बोहराले बताए। 
 

See More On

सुझावित समाचार