सेजनमा नयाँ कार्यसमिति, अध्यक्षमा ओली निर्वाचित

आइतबार, १७ भदौ, २०८०
डिजिटल संस्करण

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न सेजनको  २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट क्यापिटल नेपालका ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको  हो । 

आर्थिक पत्रकारहरूको छाता संगठन सेजनको साधारणसभाले उपाध्यक्षमा ग्यालेक्सी फोरके टेलिभिजनका विनय बञ्जरालाई निर्वाचित गरेको छ । यसैगरी, सेजनको महासचिवमा गोरखापत्र दैनिकका विश्वास रेग्मी निर्विरोध निर्वाचित भएका छन् । सचिवमा क्लिकमाण्डू डटकमका सोभित थपलिया  र कोषाध्यक्षमा अनलाइनखबरका अच्युत पुरी निर्वाचित भए । 

सेजन सदस्यहरूमा उकालो डटकमकी केशु लामिछाने, राससका हेमन्त जोशी, अन्नपूर्ण पोष्टकी ममता थापा, एनएनटिभीका छवि सापकोटा र बिजमाण्डू डटकमका वसन्तराज उप्रेती निर्वाचित भएका छन् । 

See More On

सुझावित समाचार