अमेरिकी सिनेटर क्रिसले भेटे परराष्ट्रमन्त्री

शुक्रबार, १५ भदौ, २०८०
डिजिटल संस्करण

अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेनले शुक्रबार परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गरेका छन्।  उनी शुक्रबार नै काठमाडौं आइपुगेका हुन्।

‘भेटमा नेपाल र अमेरिकाबीच द्विपक्षीय सम्बन्ध तथा बहुपक्षीय विषयमा छलफल भएको छ,’ परराष्ट्र मन्त्रालयले ट्विटमा उल्लेख गरेको छ। क्रिसले सरकारी अधिकारीहरू, युवा नेताहरू, सांसदहरू र उद्यमीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको र भेटमा  नेपालको स्वास्थ्य, पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि छलफल गर्ने कार्यक्रम रहेको अमेरिकी राजदूतावासले जनाएको छ।

क्रिस अमेरिकाको मेरिल्यान्डका सिनेटर हुन्। एमसिसी परियोजनाहरू औपचारिक रूपमा कार्यान्वयनमा गएपछि नेपाल आउने उनी पहिलो अमेरिकी प्रतिनिधि हुन्।

सुझावित समाचार