उपप्रधानमन्त्री श्रेष्ठ र बेलायती राजदूतबीच भेटवार्ता

शुक्रबार, १५ भदौ, २०८०
डिजिटल संस्करण

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेट गरेका छन्।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो। भेटका क्रममा नेपाल–बेलायतबीचको सम्बन्ध सुदृढ बनाउँदै सहकार्य विस्तार गर्नेबारे छलफल भएको बताइएको छ।

भेटका क्रममा दुवै पक्षबाट दुई देशबीचको सम्बन्ध विस्तार र मजबुत बनाउने र थप सहयोग र सहकार्यमा जोड दिइएको थियो।

सुझावित समाचार