पर्वतको राम्जादेउरालीमा चितुवा मृत भेटियो

शुक्रबार, १५ भदौ, २०८०
डिजिटल संस्करण

पर्वतको मोदी गाउँपालिका– ७ राम्जादेउरालीमा चितुवा मृत अवस्थामा फेला परेकाे छ । राम्जादेउरालीस्थित गौतम कुल मन्दिरनजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो।  

स्थानीयवासीले मृत चितुवा देखेलगत्तै डिभिजन वन कार्यालय र प्रहरीलाई खबर गरेका थिए । डिभिजन वन कार्यालयका प्रमुख नवराज बरालले झन्डै तीन वर्षजति उमेरको देखिने चितुवा केही दिनअगाडि नै मरेको हुन सक्ने बताए । चितुवाको शरीरमा घाउचोट भने देखिएको छैन ।

वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीको रोहवरमा चितुवालाई डिभिजन वन कार्यालयपरिसरमा ल्याएर गाडिएको छ । पर्वतमा गत आर्थिक वर्ष ०७९/८० मा नौ चितुवा मृत फेला परेका थिए । दुईवटाको जीवितै उद्धार गरिएको थियो ।   

See More On

सुझावित समाचार