जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था

बिहिबार, १४ भदौ, २०८०
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ।

हाल पार्टीले सञ्चालन गरेको तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको मुख्य कार्य पार्टीलाई वैचारिक र राजनीतिक रूपले सक्षम बनाउनु र पार्टीगत समितिलाई विधानले व्यवस्था गरेबमोजिमको पदाधिकारी र सदस्य संख्यामा सीमित गरी गठन, पुनर्गठन र रूपान्तरण गर्नु रहेको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले राससलाई जानकारी दिए। 

उनका अनुसार जसपाले पार्टीको अधिकार पार्टी सदस्यमा निहित रहने व्यवस्था गरेको छ। सोअनुसार पार्टीका प्रादेशिक संरचनाले पनि आफ्नो क्षेत्राधिकारभित्रका काम आफैँ गर्न सक्ने भएकाले एक व्यक्ति, एक पद र एक समितिमा रहेरै काम गर्नुपर्ने व्यवस्था गरिएको हो।

See More On

सुझावित समाचार