कुन–कुन स्रोतको आयमा कर लाग्छ ?

अर्थ ज्ञान

बिहिबार, १४ भदौ, २०८०
डिजिटल संस्करण

नेपालमा रोजगारी, व्यवसाय, लगानी र आकस्मिक लाभको स्रोतबाट प्राप्त आयमा कर लाग्छ । श्रमको लगानीबाट प्राप्त हुने पारिश्रमिक, ज्याला, भत्ता सुविधा, बोनस, निवृत्तिभरण, उपदान वा रोजगारीका सम्बन्धमा प्राप्त हुने कुनै पनि भुक्तानी रोजगारीबाट भएको आयअन्तर्गत पर्दछ । 

सक्रिय श्रम, पुँजीको निष्क्रिय लगानी र उद्यमशीलताको मिश्रणबाट गरिने उद्योग, व्यापार, पेसा, व्यवसायको स्रोतबाट प्राप्त हुने मुनाफा, लाभ, सेवा शुल्क, मालसामान वा सेवाको बिक्रीबाट प्राप्त रकम, व्यवसायसँग सम्बद्ध पुँजीगत लाभ तथा व्यवसायसँग सम्बद्ध भुक्तानीहरू व्यवसायको स्रोतबाट प्राप्त आय मानिन्छ । 

कुनै पनि प्रकारले पुँजी वा पुँजीगत सम्पत्तिको लगानीबाट प्राप्त हुने लाभांश, ब्याज, रोयल्टी, भाडा, प्राकृतिक स्रोतबापतको भुक्तानी, लगानी बिमा वा अवकाश कोषबाट प्राप्त लाभ, पुँजीगत लाभ वा लगानीसँग सम्बन्धित अन्य भुक्तानीहरू लगानीबाट भएको आयअन्तर्गत पर्दछ । चिठ्ठा, उपहार, पुरस्कार, बक्सिस, जितौरी तथा अन्य कुनै पनि आकस्मिक रूपमा प्राप्त हुने लाभ आकस्मिक लाभको आयअन्तर्गत पर्दछ ।
 

See More On

सुझावित समाचार