ब्याटिङमा खराब सुरुवात गरेको पाकिस्तान सम्हालिएको छ । कप्तान बाबर आजम र मोहम्मद रिजवानबीचको अर्धशतकीय साझेदारीसँगै पाकिस्तानको ब्याटिङ सुधारिएको हो ।
बाबर र रिजवानबीच ५७ बलमा ५० रनको साझेदारी भएको हो । यसअघि पाकिस्तानले २१ रनको अवस्थामा फखर जमान र २५ रनको अवस्थामा इमाम उलहकलाई गुमाएको थियो ।
त्यसपछि सम्हालिएर खेलेका यी दुईले पाकिस्तानको इनिङ उकासिरहेका छन् । बाबर ३० बलमा २३ तथा रिजवान ३२ बलमा २६ रन बनाई खेलिरहेका छन् । ताजा अवस्थामा पाकिस्तानले १६ ओभरको खेल सकिँदा दुई विकेट गुमाएर ७२ रन बनाएको छ ।