मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण

सुर्खेतमा मोटरसाइकलले रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ पिपिराचोकस्थित धुलायाबिटबाट बजारतर्फ आउँदै गरेको भे.७ प ७७४६ नम्बरको मोटरसाइकलले पिपिराचोकमा रोकिराखेको क.प्र. ०२०० प ४००४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा माेटरसाइकलचालककाे मृत्यु भएको हो। 

मोटरसाइकलचालक जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१२ बस्ने ४१ वर्षीय धर्मराज सापकोटा भएकाे प्रहरीले जनाएकाे छ। उनकाे टाउको र छातीमा चोट लागेकाे थियाे। कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
 

See More On

सुझावित समाचार