जनप्रतिनिधिको उदाहरणीय काम, सेवा-सुविधाको रकम असहायको नाम

सेवा सुविधाको रकमले सहयोग गर्दै पालिका अध्यक्ष वीरेन्द्रकुमार मगर

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण

पालिका अध्यक्षले पाउने सेवा–सुविधाको रकमबाट रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले सहयोग गर्दै आइरहेका छन्। मगरले पालिकाबाट पाउने सेवा–सुविधाको रकमले अग्नि, बाढीपहिरोपीडित, अति विपन्न गरिब, अपांगलाई सहयोग गर्दै आएका हुन्।

चुनाव जितेमा सेवा–सुविधा नलिने घोषणा गरेका अध्यक्ष मगरले तीनजनालाई सहयोग गरेका छन्। मगरले भने, ‘हिजो सोमबार मात्र करेन्ट लागेर अपांग भएकी कृष्टि दाहाललाई ५० हजार, मुटुरोगी अजिता नेपाललाई २५ हजार, अति विपन्न परिवारका शेरबहादुर कामीलाई पाँच हजार सहयोग गरेको छुु।’

अध्यक्ष मगरले जनतालाई गरेको वचनअनुरूप आफू अध्यक्ष भएबापत राज्यले दिने सेवा–सुविधाबाट असहायलाई सहयोगका साथै सामाजिक काम गर्दै आएको पनि बताएका छन्। 

अध्यक्ष मगरका अनुसार निर्वाचित भएको मितिदेखि हालसम्म १२ जनालाई सहयोग गरेका छन्। उनले भने, ‘कुन–कुन मितिमा कति सहयोग गरेँ भन्ने विवरण छैन, तर हालसम्म १२ जना अग्नि, बाढीपहिरोपीडित, अति विपन्न गरिब, अपांगलाई सहयोग गरेको छु।’

सुझावित समाचार