मुद्रा बजारलाई कसरी बुझ्न सकिन्छ ?

बुधबार, १३ भदौ, २०८०
डिजिटल संस्करण

एक वर्ष वा सोभन्दा कम समयका धितोपत्रहरू कारोबार हुने बजारलाई मुद्रा बजार (मनी मार्केट) को रूपमा बुझ्नुपर्छ । यस बजारबाट कम्पनी तथा सरकारले अल्पकालीन वित्तीय आवश्यकता पूरा गर्दछन् भने लगानीकर्ताले पनि छोटो समयका लागि लगानी गर्नुपरेमा यस बजारमा प्रवेश गर्दछन् । 

यस बजारमा लगानीकर्ताहरूले चाहेको समयमा खरिद बिक्री गर्न सक्ने भएकाले यस बजारका प्रत्याभूतिहरूमा तरलता र सुरक्षाको गुण बढी हुन्छ जसले जोखिम न्यून गराउँदछ सोहीअनुसार प्रतिफल पनि कम नै हुने गर्दछ । मुद्रा बजारको नियमन नेपाल राष्ट्र बैंकले गर्दछ ।
धितोपत्र बोर्ड
 

सुझावित समाचार