संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ।आजको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यतालिका छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।