१० खेलाडीमा सीमित लिभरपुलको रोमाञ्चक जित

मंगलबार, १२ भदौ, २०८०
डिजिटल संस्करण

उरुग्वेका स्ट्राइकर डार्विन न्युनेजको उत्कृष्ट प्रदर्शनको मद्दतमा १० खेलाडीमा सीमित भएको लिभरपुलले आइतबार राति इंग्लिस प्रिमियर लिगमा न्युकासल युनाइटेडलाई २–१ ले हराएको छ । खेलको २७औँ मिनेटमा कप्तान भान डाइकले रातो कार्ड व्यहोरेपछि लिभरपुलले त्यसपछि बाँकी समयमा १० खेलाडीमा सीमित रहँदै न्युकासलविरुद्ध प्रतिस्पर्धा गरेको थियो । पहिलो सेटमा नरहेका डार्विनले मध्यान्तरपछि दुई गोल गर्दै लिभरपुललाई रोमाञ्चक जित दिलाएका हुन् । 

जितसँगै लिभरपुलले तीन खेलमा सात अंक जोडेको छ । लिगमा लिभरपुल चौथो स्थानमा छ । दोस्रो स्थानमा वेस्ट ह्याम र तेस्रो स्थानमा टोनह्याम छन् । न्युकासलले तीन खेलमा तीन अंक जोडेको छ । न्युकासल तालिकाको १३औँ स्थानमा छ । लिभरपुल पहिलो हाफमै १–० ले पछि परेको थियो । खेलको २५औँ मिनेटमा एन्थोनी गोर्डनले न्युकासललाई अप्रत्याशित रूपमा १–० ले अघि राखे । उनले लिभरपुलका उपकप्तान ट्रेन्ट एलेक्जेन्डरको गल्तीमा गोल गरे । मिडफिल्डमा दिएको ब्याक पास टे«न्टले नियन्त्रणमा राख्न नसकेको फाइदामा गोर्डनले सहजै न्युकासललाई अग्रता दिलाए । 

एक गोलले पछि परेको लिभरपुलले कप्तान भानलाई गुमाएको थियो । डिबक्स क्षेत्रबाहिर न्युकासलका एलेक्जेन्डर इसाकलाई लडाएपछि रेफ्रीले उनलाई सीधै रातो कार्ड देखाए । इंग्लिस प्रिमियरसिप करिअरमै उनले पहिलो रातो कार्ड व्यहोरेका हुन् । मध्यान्तरपछि न्युकासलले उपाधि दबाब राखेको थियो । लिभरपुलका गोलरक्षक एलिसनले आकर्षक बचाउ गरेका थिए । 

खेलको ७७औँ मिनेटमा प्रशिक्षक जर्गेन क्लोपले मिडफिल्डर एलेक्सिस म्याक एलिस्टरको स्थानमा न्युनेजलाई मैदानमा पठाए । खेलको ८२औँ मिनेटमा न्युनेजले डिबक्सभित्र उत्कृष्ट गोल गर्दै १–१ को बराबरी गरे । खेलको अन्तिम इन्जुरी समयमा मोहम्मद सलाहको पासमा उनले लिभरपुललाई २–१ को जित दिलाए । 

See More On

सुझावित समाचार