साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से ५.०९ विन्दुले बढेर एक हजार ९९८.४८ बिन्दुमा कायम भएको छ। आज सेन्सेटिभ इन्डेक्स ०.३८ प्रतिशतले बढेको छ।
यस दिन दुई सय ७९ कम्पनीका ३६ लाख ७० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ९८ करोड ८६ लाख २८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। आज नेप्से बढे पनि कारोबार रकममा गिरावट आएको हो। यसअघि आइतबार एक अर्ब २३ करोडबराबरको सेयर किनबेच भएको थियो।
सोमबार नेप्सेका चार समूहमा गिरावट आएको छ भने नौ समूहमा वृद्धि देखिएको छ। आज ‘अन्य’ समूहको सूचक सर्वाधिक ०.२८ प्रतिशतले घटेको छ भने होटेल तथा पर्यटन समूह ०.८१ प्रतिशतले बढेको छ। अन्य समूहको सूचक पनि एक प्रतिशतभन्दा कमले बढेको छ।
सोमबार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, लक्ष्मी सनराइज बैंकको मूल्य ४.७१ प्रतिशतले बढेको छ। यता, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ४.३८ प्रतिशतले घटेको छ।