आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परिसंघको आग्रह

सोमबार, ११ भदौ, २०८०
डिजिटल संस्करण

नेपाल उद्योग परिसंघले विदेशस्थित नेपाली राजदूतावासमार्फत स्वदेशी वस्तुहरूको निर्यात एवं प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेको छ । 

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले आइतबार परराष्ट्रमन्त्री एनपी साउदसँग गरेको छलफलमा वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरूको प्रवद्र्धन गर्न, पर्यटन प्रवद्र्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

अध्यक्ष अग्रवालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यावसायिक वातावरण र छिटो–छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेकोमा जोड दिए । उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यावसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए । यसका लागि नेपाली दूतावासहरूले व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तक्र्रिया गर्न सहजीकरण गर्नुपर्ने उनले बताए ।

परिसंघले भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेलवे सेवा सञ्चालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल–भारतबीच मोटर भेइकल एग्रिमेन्ट गरी नेपाली मालवाहक एवं अन्य सवारीसाधनको आवतजावतलाई सहज बनाइनुपर्नेमा जोड दिएको छ । मन्त्री साउदले परिसंघले उठाएका विषयलाई उच्च प्राथमिकतामा राख्ने बताए । छलफलमा परिसंघका उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।

See More On

सुझावित समाचार