जुद्धोदय पब्लिक अलुम्नाई संघ २०७५ को छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। क्षेत्रपार्टीस्थित जुद्धोदय माध्यमिक विद्यालय (जेपी हाइस्कुल)का पूर्वविद्यार्थीहरूको उक्त संगठनको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको हो।
साधारणसभाले आ.व ०७९/८० को आय-व्यय विवरण स्वीकृत गर्नुका साथै आव ०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णयसमेत गरेको छ। त्यस्तै, आगामी दुईवर्षे कार्यकालका लागि कार्यसमिति चयनसमेत गरिएको छ।
संघको अध्यक्षमा दीपकप्रसाद मिश्र, उपाध्यक्षमा विजयरत्न तुलाधर, महासचिवमा ज्ञानु पण्डित र कोषाध्यक्षमा सुदीप ठाकुर सर्वसम्मत चयन भएका छन्। सदस्यहरूमा पञ्चरत्न डंगोल, देवेन्द्रमान सिंह, विजयमान श्रेष्ठ, गोविन्द सिलवाल र रोशन बज्रचार्य छन्।
कार्यक्रममा विद्यालयबाट गत वर्ष सञ्चालित एसइई परीक्षामा उच्चतम् जिपिए हासिल गरेकी छात्रा शिवानीकुमारी गुप्ता र छात्र राजीवकुमार साहलाई नगद पुरस्कारसहित सम्मान-पत्र प्रदान गरिएको थियो।