राप्रपालाई एक संसदीय समितिको नेतृत्व दिइने

आइतबार, १० भदौ, २०८०
डिजिटल संस्करण

सत्तागठबन्धनले विपक्षी दल राप्रपालाई एउटा संसदीय समितिको नेतृत्व दिने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र गठबन्धनका नेताहरूको छलफलमा एक समिति दिने सहमति भएको राप्रपा संसदीय दलका उपनेता बुद्धिमान तामाङले जानकारी दिए। ‘एउटा हामीलाई दिने कन्फर्म भयो। भौतिक पूर्वाधार दिने कि भन्ने छ। कुन समिति दिने भन्ने उहाँहरूले तय गर्नुहुन्छ,’ उनले भने।

प्रधानमन्त्री दाहालले सबैलाई समेट्ने भन्दै माओवादीको भागमा परेको पूर्वाधार वा कानुनमध्ये एउटा समितिको नेतृत्व राप्रपालाई दिने तयारी गरेका हुन्।

समिति सभापतिको उम्मेदवारी मनोनयनको समय आज ४ बजेसम्म तोकिएको छ। निर्वाचन सोमबार हुनेछ।

सुझावित समाचार