लगातार परेको वर्षासँगै आएको बाढीले रिपखोलामा एकजना बेपत्ता भएका छन् । घर फर्किने वेला सर्केगाड गाउँपालिका- २ स्थित रिपगाड खोला तर्ने क्रममा बाढीमा परी ताजाकोट गाउँपालिका- ४ गल्लावाडाका अन्दाजी ४५ वर्षीय नन्दऋषि जैसी बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएका जैसीकाे खोजीका लागि प्रहरी टोली परिचालित भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । आज बिहान साढे ७ बजे बाढीमा परेर जैसी बेपत्ता भएको उनका भाइ जयधर्म जैसीले खबर दिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी भीमलाल भट्टराईले बताए।