ललितानिवासका प्रतिवादीलाई दुई दिन म्याद थप, आइतबार मात्र मुद्दा दर्ता हुने सम्भावना

बिहिबार, ७ भदौ, २०८०
डिजिटल संस्करण

बहुचर्चित ललितानिवास जग्गा हिनामिनामा पक्राउ परेका १८ जनालाई थप दुई दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको छ । अभियोजनको तयारीका लागि बिहीबार अदालतले म्याद थप गरेको हो । 

सो मुद्दामा अभियुक्तहरू पक्राउ परेको शुक्रबार ६० दिन हुँदैछ । तर, शुक्रबार मुद्दा दर्ता गर्न कठिन हुने सरकारी वकिल कार्यालयले जनाएको छ । 

‘अदालतले थप दुई दिनको समय दिएको छ,’ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले भने, ‘फाइल अध्ययनको काम धेरै बाँकी नै छ, आइतबार मात्र मुद्दा दर्ता हुने सम्भावना छ ।’ 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गत मंगलबार रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । सिआइबीले दुई सय ३८ जना कसुरदार तथा ४८ जनालाई जग्गा फिर्ताका लागि प्रतिवादी बनाउन सिफारिस गरेको छ । जसमा चार पूर्वमन्त्री र ६ पूर्वसचिव छन् । 

यो मुद्दामा उच्चपदस्थलाई जोगाउन सरकारी वकिलमाथि दबाब परेको स्रोत बताउँछ ।

सुझावित समाचार