सिग्नेचरका ह्विस्की नयाँ प्याकेजिङमा

बुधबार, ६ भदौ, २०८०
डिजिटल संस्करण

ह्विस्की ब्रान्ड सिग्नेचरका उत्पादन नयाँ प्याकेजिङ र बोटलिङमा बजारमा आएको छ । कम्पनीले सिग्नेचर प्रिमियर ह्विस्की र सिग्नेचर रेयर ह्विस्की नयाँ प्याकेजिङ र बोटलिङका साथ नेपाली बजारमा ल्याएको हो ।

सिग्नेचर कम्पनीका अन्य अरू पेयहरू नेपाल लिकर्सको मातहतमा नेपाली बजारमा विगतका कैयौँ वर्षदेखि बिक्री हुँदै आएकोमा नेपाल लिकर्सले नयाँ प्याकेजिङ, बोटलिङ र स्वादका साथ दुई ह्विस्की बजारमा भित्र्याएको जनाएको छ ।

नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ । जसमध्ये एन्टिक्विटी ब्लु ह्विस्की, सिग्नेचर प्रिमियर ह्विस्की, सिग्नेचर रेयर ह्विस्की, रोयल च्यालेन्ज ह्विस्की, स्मिरनफ भोड्का, ब्लुरिब्यान्ड जिन र म्याकडोबेल नम्बर १ लक्जरी ह्विस्की आदि रहेको जनाइएको छ । सिग्नेचर प्रिमियर ह्विस्की र सिग्नेचर रेयर ह्विस्की बजारमा एक लिटर तथा ७५०, ३७५ र १८० एमएलका प्याकहरूमा उपलब्ध रहेको जनाइएको छ ।
 

सुझावित समाचार