एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

मंगलबार, ५ भदौ, २०८०
डिजिटल संस्करण

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन. आर. थम्पसनले भेटवार्ता गरेका छन्।

ओलीको सचिवालयका अनुसार मंगलबार बालकोटस्थित ओलीनिवासमा भएको भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको थियो।

एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको समेत सहभागिता रहेको भेटमा नेपाल र अमेरिकाबीचकोे सम्बन्धको बारेमा पनि छलफल भएको ओलीको सचिवालयले जनाएको छ।

सुझावित समाचार