रग्बी खेलमा सरकारको सहयोग रहने

सोमबार, ४ भदौ, २०८०
डिजिटल संस्करण
रग्बी खेलमा सरकारको सहयोग रहने

प्रधानमन्त्री पुष्पकमल दाहाल र एसिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र एसिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच भेटवार्ता

राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच आइतबार छलफल भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीनिवासमा नेपालमा रग्बी खेल विकासका विषयलाई लिएर छलफल भएको हो । 

प्रधानमन्त्री दाहालले नेपाललाई विश्वास गरेर लगातार दुई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएकोमा एसिया रग्बी र अध्यक्ष कायसलाई धन्यवाद दिए । ‘एसिया रग्बीले नेपाललाई विश्वास गरेर दुई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएकोमा धन्यवाद दिन चाहन्छु । हाम्रो सरकार र मेरो प्राथमिकतामा नै खेलकुद र युवाको विकास गर्नेतर्पm थियो,’ दाहालले भने, ‘त्यहीअनुसार नै अन्य खेलसँगै रग्बीको विकासमा पनि सरकारले सहयोग गरिरहनेछ ।’

एसिया रग्बीका अध्यक्ष कायसले नेपाल सरकारले रग्बी खेल विकासमा गरेको सहयोगप्रति धन्यवाद दिएका छन् । नेपाल रग्बी संघले लगातार दुई वर्ष एसिया रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता गरिरहेको जनाएको छ । अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिताको आयोजना गर्न सरकारको सहयोगविना सम्भव नभएको कायसले धारणा राखेका थिए । ‘नेपालले पछिल्ला समय रग्बीमा विकास गरेको छ । सरकारको सहयोगविना त्यो सम्भव थिएन । एसिया रग्बीका तर्पmबाट धन्यवाद दिन चाहन्छु,’ कायसले भने । 

See More On

सुझावित समाचार