सर्वदलीय बैठक निष्कर्षविहीन

आइतबार, ३ भदौ, २०८०
डिजिटल संस्करण

संसद् सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक विनानिष्कर्ष सकिएको छ।

सिंहदरबारमा राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूसँगको छलफलबाट सहमति नजुटेपछि आजको संसद् बैठक अनिश्चित भएकाे छ । सत्तापक्ष र प्रतिपक्ष दुवैले आफ्नो अडान नछानेपछि बैठक निष्कर्षविहीन भएको हो।

सुन तस्करी प्रकरणको छानबिनमा उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले संसद् अवरोध गर्दै आएको छ। बैठकमा आफूहरूले पुरानो माग दोहोर्याएको एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘प्रधानमन्त्रीज्यूले उच्चस्तरीय छानबिन समिति बन्दै गर्दा सिआइबीको अनुसन्धान प्रभावित हुन्छ, त्यसकारण अहिले नगरौँ, आवश्यक परे अनुसन्धान सकिएपछि गरौँला भन्नुभयो। हामीले सिआइबीको अनुसन्धानलाई प्रभावित नहुने गरी उच्चस्तरीय छानबिन समिति बनाऔँ भन्ने कुरा राख्यौँ।’

सर्वदलीय बैठक सोमबार पुनः बस्नेछ।यसअघि संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँग आजै गरेको छलफल पनि विनानिष्कर्ष टुंगिएको थियो।

सुझावित समाचार