वायु शुद्ध गर्ने पीपल

आइतबार, ३ भदौ, २०८०
डिजिटल संस्करण

पर्यावरणको रक्षा गर्ने र वायु शुद्ध गर्न वर–पीपलको विशेष भूमिका हुन्छ  । यसमा पाइने विभिन्न औषधीय गुणका कारण रोगनिवारकको संज्ञा दिई पुजिने गरिन्छ । वर–पीपललाई विभिन्न रोगको अचुक औषधिका रूपमा आयुर्वेदमा उल्लेख गरिएको छ । 

- श्वासप्रश्वाससम्बन्धी समस्याका लागि पीपल एकदमै उपयोगी हुन्छ । पीपलको बोक्राको चूर्ण बनाएर वा यसको पातलाई दूधमा मिसाएर नियमित सेवन गर्दा श्वासप्रश्वास र दमका बिरामीलाई फाइदा पुग्छ । 

- पीपलको काँचो पातको रस बिहान–बेलुका एक–एक चम्चा खाएमा पेटमा ग्यास जम्मा हुने र कब्जियत निको हुन्छ । 

- पीपलको पात र बोक्राको चूर्ण दन्तमञ्जनमा मिसाएर प्रयोग गर्न सकिन्छ । यसले दाँत बलियो हुनुका साथै दाँतसम्बन्धी रोग निको हुन्छ । 

- छालामा आउने दाद, सुक्खापनका लागि पीपल लाभदायी छ । 

- रुघाखोकी र शरीरमा आउने विभिन्न घाउखटिराका लागि वर–पीपलको पात उपयोगी हुन्छ । 

- पीपलको पातमा भरपूर मात्रामा एन्टिअक्सिडेन्ट तत्व पाइन्छ । यसर्थ, नरम पात खाँदा तनाव कम गर्न सहयोग पुर्याउँछ । वर–पीपलको जरा पानीमा भिजाएर छालामा लगाएमा चम्किलो हुनुका साथै विभिन्न समस्याबाट राहत मिल्छ । 

See More On

सुझावित समाचार