संसद् अवरोध नियमसंगत होइन : एमाले नेता नेम्वाङ

शनिबार, २ भदौ, २०८०
डिजिटल संस्करण

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसद् अवरोध नियमसंगत कुरा नभएको बताएका छन्। संसदमा दलहरूले गर्ने अवरोध संसदीय अभ्यासविपरीत हुने र जोसुकैले अवरोध गरे पनि त्यसको औचित्य पुष्टि गर्न सक्नुपर्ने उनको भनाइ छ। 

शनिबार काभ्रेको धुलिखेलमा संघीय संसद् सचिवालयले गरेको ‘संसद्–सञ्चार सम्बन्ध’ कार्यक्रममा बोल्दै संविधानसभा अध्यक्ष रहिसकेका नेम्वाङले जुनसुकै दलले अवरोध गरे पनि त्यसको औचित्य पुष्टि गर्न सक्नुपर्ने बताए। 

‘संसदमा अवरोध भन्ने कुरा नियमसंगत होइन भन्ने मेरो स्पष्ट मान्यता छ। अहिले भनेको होइन, उहिल्यैदेखि अहिलेसम्म अविचलित र अडिग। संविधानले अवरोध गर्ने कुरालाई अनुमति दिएको छैन। नियमले पनि अवरोधको कल्पना गरेको छैन। तर, राजनीतिक दलहरूले कहिले कहिले अवरोध गर्छन्,’ उनले भने, ‘अवरोधको औचित्य भने पुष्टि गर्न सक्नुपर्छ।’ 

नेपालको संसदीय इतिहासमा पटक-पटक अवरोध भएको दृष्टान्त पेस गर्दै उनले तर, संविधानसभामा भने सकेसम्म अवरोध नगर्ने समझदारी तत्कालीन दलहरूबीचमा भएको र धेरै हदसम्म सहमति पालना पनि बताएको बताए। 

सुझावित समाचार