डोल्पाको बाटो

शनिबार, २ भदौ, २०८०
डिजिटल संस्करण

भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ अनारदुलामा पहिरो खसेपछि पाँच दिनदेखि चारपांग्रे सवारीसाधनको आवागमन ठप्प छ । मोटरसाइकल भने जोखिम मोलेर वारपार भइरहेका छन् ।

मालवाहक गाडीको आवागमन ठप्प हुँदा डोल्पामा खाद्यवस्तु पनि महँगिन थालेको छ । डोल्पा जोड्ने मुख्य सडक अवरुद्ध भए पनि पहिरो पन्छाउन सरकारी निकाय उदासीन छन् ।

त्रिपुरासुन्दरीले पहिरो पन्छाउने काम आफ्नो नभएको बताएको छ भने भेरी करिडोर कार्यालय जाजरकोटले पनि चासो दिएको छैन । सडक अवरुद्ध भएपछि डोल्पाबाट जिल्लाबाहिर जाने र जिल्लाबाहिरबाट डोल्पा आउने यात्रु गाडी परिवर्तन गरेर आवतजावत गरिरहेका छन् ।

सुझावित समाचार