सेयर बजारको ओरालो यात्रा कायमै, नेप्से दुई हजार बिन्दुनजिक

बुधबार, ३१ साउन, २०८०
डिजिटल संस्करण

सेयर बजारमा गिरावट जारी छ। मंगलबार करिब ३२ अंकले घटेको नेप्से परिसूचक बुधबार २०.३१ अंकले घटेको हो। बजार दुई हजार २५.१२ बिन्दुमा कायम भएर कारोबार बन्द भएको छ।

आज दुई सय ६९ कम्पनीका ४८ लाख ३८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ६७ करोड ९९ लाख ८० हजार रुपैयाँबराबरको कारोबार भएको छ।

बुधबार नेप्सेका सबै समूहमा गिरावट आएको छ। हाइड्रोपावर समूह  सबैभन्दा धेरै १.८५ प्रतिशतले घटेको छ। त्यसैगरी, फाइनान्स, माइक्रोफाइनान्स, म्युचल फन्ड, व्यापार, अन्य र उत्पादन तथा प्रशोधन समूहमा पनि एक प्रतिशतभन्दा धेरैको गिरावट देखिएको छ।

घटेको बजारमा आज ३४ कम्पनीको सेयर मूल्यमा मात्रै वृद्धि भएको छ। जसमध्ये सबैभन्दा धेरै बढेको सनराइज फोकस्ड इक्विटी फन्डको मूल्य ४ प्रतिशतले वृद्धि भयो। तर, माउन्टेन हाइड्रो नेपाल ८.०६ प्रतिशत, श्वेतगंगा हाइड्रोपावर तथा कन्स्ट्रक्सनको सेयर मूल्य ८.०३ प्रतिशतले घटेको छ।

सुझावित समाचार