सडकका खाल्डाखुल्डी तत्काल पुर्न पूर्वाधारमन्त्री ज्वालाको निर्देशन

बुधबार, ३१ साउन, २०८०
डिजिटल संस्करण
सडकका खाल्डाखुल्डी तत्काल पुर्न पूर्वाधारमन्त्री ज्वालाको निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला मंगलबार चक्रपथ– बुढानीलकण्ठ सडकखण्डको निरीक्षण गर्नुहुँदै । तस्बिर : रासस

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका छन् । मंगलबार महाराजगन्जस्थित नारायणगोपाल चोकदेखि बुढानीलकण्ठसम्मको सडक निरीक्षणका क्रममा उनले सडक मर्मत गर्न निर्देशन दिएका हुन् ।

मन्त्री ज्वालाले भने, ‘हामीले स्थलगत रूपमै आएर हाम्रा कार्यालय र कन्ट्याक्टर दुवै पक्षलाई छिटोभन्दा छिटो सडकमा देखिएका खाल्डाखुल्डी, व्यवस्थित एवं मर्मत गर्न निर्देशन दिएका छौँ, उहाँहरूले तीव्र रूपमा काम अगाडि बढाइरहेका पनि छन् ।’

काठमाडौंलगायत अन्य स्थानमा विभिन्न कारणले सडक खाल्डाखुल्डी भएको र सम्बन्धित सबै निकायलाई समन्वय गरेर समस्याको समाधान गर्न निर्देशन दिएको उनले जानकारी दिए । निरीक्षणमा राज्यमन्त्री नन्दा चपाईं र मन्त्रालयका सचिव केशव शर्मा पनि सहभागी थिए ।

सुझावित समाचार