सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको कमलपोखरीमा रहेको भिभान्त डेन्टल हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारी भएको छ ।
समझदारीअनुसार बैंकका कार्डवाहक ग्राहकले उक्त हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।
बैंकले हाल देशभर एक सय ८८ शाखा, एक सय ४७ एटिएम, तीन विस्तारित काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।