अपर लोहोरे खोलाको प्राथमिक सेयर बाँडफाँट

मंगलबार, ३० साउन, २०८०
डिजिटल संस्करण

 एनआइसी एसिया क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर बाँडफाँट भएको छ । कम्पनीले जारी पुँजी ५० करोड ९८ लाख चार हजार रुपैयाँको ४९ प्रतिशत अर्थात् २४ करोड ९८ लाख चार हजार रुपैयाँबराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित २४ लाख ९८ हजार ४० कित्ता सेयर बाँडफाँट गरेको हो ।

जसमध्ये १० प्रतिशत अर्थात् पाँच लाख नौ हजार आठ सय चार कित्ता सेयर पहिले नै बाँडफाँट गरिसकेको क्यापिटलले जनाएको छ । बाँकी रहेको ३९ प्रतिशत जारी पुँजीको १० प्रतिशत अर्थात् एक लाख ९८ हजार आठ सय २४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीलाई निष्कासन गरिएको तथा सामूहिक लगानी कोषलाई छुट्याइएको ९९ हजार चार सय १२ कित्ता सेयर र कर्मचारीलाई छुट्याइएको सेयर पहिले नै बाँडफाँट भएको उल्लेख छ । त्यसबाट बाँकी रहेको १९ लाख ५३ हजार दुई सय ७९ कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री खुला गरी प्राप्त आवेदनलाई प्रशोधन गरी बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।

 सर्वसाधारणमा जारी गरेको सेयरको आवेदनमा प्रक्रिया पुगेका १२ लाख ८९ हजार दुई सय ८५ आवेदकबाट एक करोड ४१ लाख ९९ हजार आठ सय ९० कित्ता माग भएकोमा १० कित्तादेखि २५ हजार कित्ता सेयर आवेदन गर्ने एक लाख ९५ हजार तीन सय २७ जना आवेदकलाई १० कित्ताका दरले तिनै आवेदकमध्ये २० कित्ताभन्दा बढी आवेदन गर्नेबाट नौजनालाई थप एक कित्ताका दरले बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ । 
 

सुझावित समाचार